संविधान के हो (What is the constitution)?
संविधान:
- राष्ट्रको नियमन र शासकीय बडापत्र हो,
- राज्यको सार्वभौम शक्तिको बाँडफाँट तथा शक्तिको संरचना र स्वरूपको बन्दोबस्त हो,
- राज्यको शासन व्यवस्था सञ्चालन गर्नकालागि सरकारलाई मार्गदर्शन प्रदान गर्ने देशको मूल कानून हो,
- मुलुकमा राजनीतिक पद्धति स्थापना का साथै देशले अपनाउने आर्थिक सामाजिक नीतिहरूको खाका निर्माण गर्ने राजनीतिक, आर्थिक र सामाजिक दस्तावेज हो,
- राज्यको शासकीय स्वरुप निर्धारण, जनतालाई मौलिक हकको प्रत्याभूति, राजनीतिक आर्थिक अधिकारको सुनिश्चितता, राज्यका प्रमुख अंगहरूको स्थापना र ती अंगहरूबीच शक्तिको पृथकीकरण तथा सन्तुलन लगायतका कुराहरू स्पष्ट रुपमा उल्लेख गरेको दस्तावेज हो,
- सरकारलाई शासन संचालनका लागि शक्ति प्रदान गर्ने र शक्तिको असीमित प्रयोग माथिको नियन्त्रण गर्ने कानूनी हतियार हो,
- नागरिकका Civil and Political, Social and Economic, र Developmental Rights रहेको दस्ताबेज हो।
No comments:
Please do not enter any spam link in the comment box