Ads Top

नेपालको संविधानमा नागरिकका दायित्व सम्बन्धमा भएका व्यवस्थाहरु

देशको संविधान ऐन नियमको पालना गर्ने, समाजमा सामाजिक सद्भाव कायम गर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय रहने जस्ता सकारात्मक भूमिका निर्वाह गर्ने नागरिकका कर्तव्यलाई नागरिकका दायित्व भनिन्छ। देशप्रति समर्पित, देशभक्ति, राष्ट्रप्रेम जस्ता भावनात्मक पक्ष तथा आफूले निर्वाह गर्नुपर्ने कर्तव्य दुवैलाई यसले समेट्छ।


नेपालको संविधानमा नागरिकका दायित्व नेपालको संविधानको धारा ४८ मा नागरिकका कर्तव्य भनेर केही विषय उल्लेख गरिएको ती कर्तव्यलाई प्रत्येक नागरिकले पालना गर्नुपर्ने हुँदा त्यस्ता कर्तव्यहरूलाई नागरिकका दायित्व पनि भनिन्छ। 


त्यस्ता दायित्वहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ:


--राष्ट्रप्रति निष्ठावान हुनु,

--नेपालको राष्ट्रियता, सार्वभौमसत्ता अखण्डताको रक्षा गर्नु,

--संविधान कानुनको पालना गर्नु,

--राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,

--सार्वजनिक सम्पत्तिको सुरक्षा संरक्षण गर्नु।









No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.