Ads Top

नेपालको संविधानमा प्रदेश प्रमुखसम्बन्धी भएको व्यवस्था

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका भाग १४ मा प्रदेश व्यवस्थापिका सम्बन्धी व्यवस्था गरेको छ। यी व्यवस्थाहरू अनुसार प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधि हुने निजको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ। सङ्घीय संसदमा राष्ट्रपतिले निर्वाह गर्ने भूमिकासरह प्रदेशमा प्रदेश प्रमुखको भूमिका हुने व्यवस्था देखिन्छ।


नेपालको राष्ट्रपति सङ्घीय संसद् प्रदेशसभाका सदस्यबाट निर्वाचित हुनुपर्ने व्यवस्था भने प्रदेश प्रमुख मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखको पदावधि पाँच वर्षको भए पनि सोअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्थाले सङ्घीय प्रणालीमा केन्द्रको नियन्त्रण प्रदेशमाथि हुने भएको देखिन्छ।


प्रदेश प्रमुखको काम, कर्तव्य अधिकार निम्नानुसार व्यक्त गर्न सकिन्छ:


--प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने,

--मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्ने,

--प्रदेशको मुख्यमन्त्री मन्त्रीहरूलाई शपथ खुवाउने,

--प्रदेशसभाको अधिवेशनको आह्वान अन्त्य गर्ने,

--प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने,

--विधेयक प्रमाणीकरण गर्ने,

--अध्यादेश जारी गर्ने,

--मुख्यमन्त्रीले पदबाट दिएको लिखित राजीनामा स्वीकृत गर्ने,

--सङ्घीय शासन लागू भएका कारणबाट प्रदेश कार्यकारिणी कायम नरहेमा नेपाल सरकारको निर्देशनबमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने


प्रदेश प्रमुखको योग्यता यसप्रकार रहेका छन:


--सङ्घीय संसद्को सदस्य हुन योग्य भएको,

--पैंतीस वर्ष उमेर पूरा भएको,

--कुनै कानुनले अयोग्य नभएको,

 

प्रदेश प्रमुखको शपथ:


--प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने,

 

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी दिने :


--प्रदेश मन्त्रिपरिषदका निर्णय,

--प्रदेशसभामा पेस गरिने विधेयक,

--उल्लिखित विषयमा प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण,

--प्रदेशको समसामयिक परिस्थिति

 

प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था:


--निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,

--निजको पाँच वर्षको पदावधि समाप्त भएमा वा सोअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा,

--निजको मृत्यु भएमा।

**कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्नेगरी तोक्न सक्ने प्रावधान रहेको छ।



साभार: गोरखापत्र

 

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.