Ads Top

व्यवस्थापिका र व्यवस्थापिकाले गर्ने कार्यहरू

राज्यको कानुन बनाउने सर्वोच्च निकायलाई व्यवस्थापिका भनिन्छ। यो जनताका प्रतिनिधिहरूको थलो हो। यस निकायमा राष्ट्रिय सरोकारका विषयमा विचार विमर्श हुने गर्दछ। सरकारको गठन विघटन पनि यही निकायबाट हुने गर्दछ। यसमा जनताका प्रतिनिधिहरूले जनताको प्रतिनिधित्व गरी जनताको हितमा कानुन निर्माण गर्दछन्। व्यवस्थापिकाले निर्माण गरेको कानुनको आधारमा राज्य सञ्चालन हुने गर्दछ। व्यवस्थापिका एक सदनात्मक दुई सदनात्मक गरी दुई प्रकारको हुने अभ्यास छ।


नेपालको संविधानले २७५ सदस्य रहेको प्रतिनिधि सभा ५९ सदस्य रहेको राष्ट्रिय सभासहित केन्द्रमा दुई सदनात्मक सङ्घीय संसद् हुने व्यवस्था गरेको छ।

व्यवस्थापिकाले गर्ने मुख्य कार्यहरू यसप्रकार रहेका छन:

  • कानुन निर्माण गर्ने, विधेयक पारित गर्ने, संविधान संशोधन गर्ने, ऐन संशोधन गर्ने, ऐन खारेज गर्ने जस्ता कार्य,
  • बजेट पारित गर्ने, बजेटमा दफावार छलफल गर्ने, पारित गर्ने, करका दर तोक्ने, खर्च नियन्त्रण गर्ने, सरकारको गठन गर्ने, नियन्त्रण गर्ने।
  • संसदमा सरकारका कार्यबारे प्रश्न सोधेर, ध्यानाकर्षण प्रस्ताव राखेर, आलोचना गरेर, अविश्वासको प्रस्ताव राखेर सरकारको नियन्त्रण गर्ने।
  • कार्यपालिका सो अन्तर्गतको निकायलाई नियन्त्रण निर्देशन गर्ने।
  • सरकारको नीति तथा कार्यक्रमको समीक्षा गरी पारित गर्ने वा असफल पार्ने -संविधानअनुसार महाभियोग लगाउने कार्य गर्ने।
  • संसदमा निर्णयका लागि पेस गरिएका विषयमा मतदान गर्ने, विश्वास अविश्वासको प्रस्ताव पारित गर्ने।
  • तोकिएका संवैधानिक पदमा नियुक्त गरिने व्यक्तिबारे संसदीय सुनुवाइको कार्य गर्ने।
  • बाधा अड्काउ फुकाउने आदेशको अनुमोदन गर्ने।
  • सङ्कटकालको अनुमोदन गर्ने।
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अनुमोदन गर्ने।

साभार: गोरखापत्र

 

 

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.