Ads Top

अर्थतन्त्रको बाह्य क्षेत्रमा के के पर्दछन्? नेपालको व्यापार असन्तुलनका प्रमुख कारणहरु के हुन सक्दछन? (What are the external sectors of the economy? What could be the main causes of Nepal's trade imbalance?)

कुनै देशको अर्थतन्त्रको त्यो खण्ड जसमा अन्य देशको अर्थतन्त्र जोडिएको हुन्छ त्यसलाई नै बाह्य अर्थतन्त्र भन्ने गरिन्छ । खासगरी वस्तुवजारमा आयात तथा निर्यात एवं वित्तीय वजारमा पुँजीको प्रवाह (जस्तो FDI) बाह्य अर्थतन्त्रका विषय हुन् । भुक्तानी सन्तुलन, Terms of trade, चालु खाता, पुँजीगत खाता, वाह्य ऋण, विनिमय दर, वाह्य मुद्राको संचिति, अन्तराष्ट्रिय लगानीको अवस्थाजस्ता विषयहरु बाह्य अर्थतन्त्रमा पर्दछन् ।

नेपालको अन्तरदेशीय व्यापारको आँकडा हेर्ने हो भने निर्यातको तुलनामा आयाता १२ गुणाभन्दा पनि वढि पुगेको अवस्था हेर्दा व्यापार घाटा चुलिदै गएको छ । यसबाट भुक्तानी सन्तुलन विग्रने जोखिम वढेको छ । यसरी व्यापार असन्तुलन वढ्नुका प्रमुख कारणहरु यसप्रकार रहेका छन् :


  • व्यापार नीति र रणनीतिमा प्रष्टता नआउनु तथा अन्य नीतिहरुसँग तादात्म्यता कायम नहुनु ।
  • उत्पादकत्व कम हुनु र उत्पादन भएका वस्तुहरु पनि न्युन मूल्य अभिवृद्धि हुने खालका हुनु ।
  • व्यापार सहजीकरणमा कमजोरी रहनु तथा वस्तुगत र देशगत व्यापार विविधिकरण कमजोर हुनु ।
  • व्यापार प्रवर्द्धनका लागि पर्याप्त पूर्वाधार विकास नभैसक्नु ।
  • आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु, Research and Development मा कमै ध्यान दिइनु ।
  • विलासिताका वस्तुहरुको अनियन्त्रित प्रवेश पाउनु
  • रेमिटेन्सको वृद्धिसँगै उपभोगमुखी प्रयोग हुनु ।
  • भूपरिवेष्ठित देश भएकाले समय तथा लागत वढी हुनु
  • छिमेकी देशको वजारलाई हेरी तुलनात्मक लाभका र पूरक भूमिका भएका वस्तु तथा सेवाको उत्पादन हुन नसक्नु
  • पेट्रोलियम पदार्थको मागमा भएको ज्यादा वृद्धि


व्यापार असन्तुलन घटाउनका लागि कि त उत्पादन वढाउनुपर्दछ  कि मागलाई घटाउनुपर्दछ । विप्रेषणको उत्पादक प्रयोग, वैकल्पिक उर्जालाई प्रोत्साहन गर्नुपनि आयात घटाउने उपाय हुन सक्छन्। आत्मनिर्भर अर्थतन्त्र नभएपनि परस्पर निर्भरताको अवस्था ल्याउन सके व्यापार घाटा घटेर जाने देखिन्छ ।


The part of a country's economy in which the economy of another country is connected is called the external economy. In particular, imports and exports in commodity markets and capital inflows (such as FDI) in financial markets are issues of the external economy. The external economy covers issues such as the balance of payments, terms of trade, current account, capital account, external debt, exchange rate, foreign exchange reserves, and the state of international investment.


If we look at the statistics of Nepal's foreign trade, the trade deficit has been increasing as imports have exceeded 12 times compared to exports. This increases the risk of deteriorating balance of payments. The main reasons for this growing trade imbalance are:


  • Lack of clarity in trade policy and strategy and lack of coordination with other policies.
  • Decreased productivity and low productivity of manufactured goods.
  • Weakness in trade facilitation and weakening in commodity and trade diversification.
  • Lack of adequate infrastructure development for trade promotion.
  • Not being able to use modern technology, not paying much attention to research and development.
  • Uncontrolled access to luxury items
  • Consumption-oriented use of remittances.
  • Hurdles due to a landlocked country especially in terms of time and cost.
  • Failure to produce goods and services with comparative advantage and complementary role in the neighboring country's market
  • Excessive increase in demand for petroleum products


To reduce trade imbalances, we must either increase production or reduce demand. Productive use of remittances, promotion of alternative energy can also be a way to reduce imports. Even if there is no self-reliant economy, the trade deficit will be reduced if we can bring about a state of interdependence.

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.