सरकारी खर्चको महत्त्व (Importance of Government Expenditure)
देशको आर्थिक तथा सामाजिक विकास गर्न सरकारी खर्चको भूमिका महत्त्वपूर्ण हुन्छ। सरकारी खर्च भनेको सरकारले देशको प्रशासनिक तथा विकास निर्माण कार्यका लागि गर्ने खर्चको बाँडफाँड हो। यसको प्रमुख उद्देश्य राज्यको दुकुटीमा जम्मा भएको आम्दानीको न्यायोचित बाँडफाँड गरी लोक कल्याणकारी राज्यको स्थापना गर्नु र देशलाई आर्थिक रूपमा सबल बनाउनु हो। सरकारी खर्चको आवश्यकता र महत्त्वलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ।
देशको सन्तुलित विकास गर्न
सरकारले देशको आर्थिक तथा सामाजिक रूपमा पिछडिएको क्षेत्रको विकास गर्न अन्य विकसित क्षेत्रमा भन्दा धेरै खर्च गर्नु पर्छ।
प्रशासनिक सेवा प्रदान गर्न
देशको केन्द्रीय प्रशासनदेखि प्रदेश, जिल्ला, नगर र गाउँपालिकासम्मका
स्थानीय तहहरुले नागरिकहरूलाई दैनिक प्रशासनिक सेवाहरू प्रदान गर्नुपर्दछ । यस प्रकारका
प्रशासनिक कार्यका लागि सरकारले हरेक
वर्ष ठुलो रकम बजेटमा
व्यवस्था गरी खर्च गर्नु
अनिवार्य हुन्छ ।
पूर्वाधार निर्माण गर्न
विकासका पूर्वाधारहरू यातायात, सञ्चार, खानेपानी, विद्युत् तथा सिंचाइ जस्ता
क्षेत्रमा सरकारले ठुलो धनराशि खर्च
गर्नुपर्ने हुन्छ । त्यसैगरी शिक्षा,
स्वास्थ्य जस्ता क्षेत्रमा पनि सरकारले लगानी
गर्नुपर्दछ ।
शान्ति सुरक्षा कायम गर्न
कुनै
पनि देश र त्यस
देशका नागरिकको सुरक्षा गर्नु सरकारको प्रमुख प्रायित्व हुन्छ। राष्ट्रिय सुरक्षाका लागि सेना तथा
हातहतियारमा खर्च गर्न सरकारले
प्रत्येक आर्थिक वर्षमा निश्चित बजेटको व्यवस्था गर्ने गर्दछ ।
सुशासन कायम गर्न
सरकारको प्रमुख कार्य भनेको देशमा नियम तथा कानुनको
व्यवस्था गर्नु तथा त्यसको परिपालना
गराउनु हो । यसका
लागि प्रहरी प्रशासन, कारागार तथा अदालत आदिको
आवश्यकता पर्दछ। यी सङ्गठनहरूको
कार्य प्रभावकारी मनाउनका लागि सरकारले वार्षिक
रुपमा सार्वजनिक व्ययअन्तर्गत रकम व्यवस्था गर्नुपर्दछ।
आर्थिक असमानता घटाउन
सरकारले आर्थिक असमानता घटाउन उच्च आय भएका
तथा आर्थिक रूपमा सम्पन्न वर्गमा प्रगतिशील कर (धेरै आम्दानी
हुनेलाई करको दर बढी
र कम आम्दानी हुनेलाई
कम दरमा कर) लगाई
प्राप्त रकम आर्थिक रूपमा
पिछडिएकाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रहरूमा लगानी गर्नुपर्दछ । यसप्रकारको कर
नीति सार्वजनिक वित्तमार्फत व्यवस्था
गरिएको हुन्छ। यसका साथै सरकारले
औद्योगिक विकास गर्न, मानवीय पुँजीको निर्माण गर्न, कृषि, पर्यटन क्षेत्रहरुको विकास गर्न सरकारी खर्चको
महत्त्वपूर्ण भूमिका हुन्छ।
Credit: Sanajay Gyawali
No comments:
Please do not enter any spam link in the comment box