Ads Top

आर्थिक विकास र आर्थिक वृद्धिको अर्थ, परिभाषा, बिशेषता तथा आयामहरु

आर्थिक विकासको अर्थ परिभाषा


नागरिकको आर्थिक जीवनस्तर, सामाजिक जीवन र राजनीतिक चेतनासँग जोडिएका विषयहरूमा सकारात्मक सुधार आउनुलाई विकास मान्न सकिन्छ। नागरिकको आर्थिक जीवनस्तरसँग जोडिएका विषयहरू आधारभूत आवश्यकताको गुणस्तरीय परिपूर्तिका साथै शिक्षा सुविधा, स्वास्थ्य सेवा, रोजगारीको प्रयाप्तता, धनी र गरिबबिचको असमानताको अन्त्य, विद्युत र सडकको उपलब्धता, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र समाजका नागरिकको सम्मानजनक गुणस्तरीय जीवनयापन गर्न पाउने स्थितिलगायतका कुराहरू पर्छन्। 

जाति, धर्म, लिङ्ग, सम्प्रदाय आदिमा सामाजिक विभेदको अन्त्य, आचरण, संस्कार, सभ्यता र जीवनस्तरमा सुधार आउनुलाई नागरिकको सामाजिक जीवनमा आएको सुधार मानिन्छ। त्यस्तै राजनीतिक रूपमा नागरिकहरूमा आएको चेतना, आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता, मानव अधिकारको निश्चितता, कानुनको शासन जस्ता विषयहरू राजनीतिक चेतनासँग सम्बन्धित छन्। यी सम्पूर्ण पक्षहरूमा गुणात्मक सुधार आउनु आर्थिक विकास मानिन्छ। 

आर्थिक विकासलाई विभिन्न अर्थशास्त्रीहरूले आआफ्ना किसिमबाट परिभाषा दिएको पाइन्छ । कुनै अर्थशास्त्री राष्ट्रिय आयमा वृद्धिहुनुलाई आर्थिक विकास मान्दछन् भने कसैले आर्थिक कल्याणमा सुधार हुनुलाई विकासका रूपमा लिन्छन् । 

प्रोफेसर जी. एम. मायर ( Prof. G. M. Mier) का अनुसार “आर्थिक विकास एक यस्तो प्रक्रिया हो जसमा दीर्घकालमा कुनै अर्थ व्यवस्थाको वास्तविक राष्ट्रिय आयमा वृद्धि हुन्छ । (Economic Development is a process where by the real per capita income of a country increases over a long period of time).

एम. पी. टोडारो (M.P. Todaro) का अनुसार “आर्थिक विकास एक बहुआयामिक प्रक्रिया हो, जसमा सामाजिक संरचना, नागरिकको विचार, संस्थागत संरचनामा परिवर्तन हुनुका साथै आर्थिक असमानतामा कमी तथा गरिबी निवारणतर्फ उन्मुख हुन जरुरी हुन्छ ।" (Economic Development is defined in terms of the reduction of poverty, inequality and unemployment within the context of growing economy).


आर्थिक विकासका बिशेषता तथा आयाम


  • आर्थिक वृद्धि एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि हो,
  • आर्थिक वृद्धि आर्थिक विकासको पूर्वसर्त हो,
  • यो समृद्धितर्फको यात्रा हो र राष्ट्र विकसित भएको अवस्थाको सुरुवात हो,
  • यो विकासको साधन हो र यो वृद्धि मोडलमा आधारित हुन्छ,
  • यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ, त्यसैले यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन,
  • सबै क्षेत्रको वृद्धि नभए पनि आर्थिक वृद्धि दर उच्च हुन सक्छ,
  • कुनै क्षेत्रको उत्पादनको वृद्धिले आयको वितरण हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन,
  • यसमा रोजगारी सिर्जना हुन्छ तर सबै क्षेत्रको वृद्धि नहुँदा पूर्ण रोजगारीको ग्यारेन्टी हुँदैन,
  • त्यसैले आर्थिक वृद्धि उच्च हुँदैमा  आर्थिक विकास र गरिबी न्यूनीकरण नहुन सक्छ।

 

आर्थिक वृद्धिको अर्थ र परिभाषा


अर्थतन्त्रको कुनै पनि उत्पादनशील क्षेत्रमा देखिने दीर्घकालीन उच्च परिमाणात्मक सुधारलाई आर्थिक वृद्धि भनिन्छ। यसबाट अर्थतन्त्रमा एक निश्चित अवधिमा प्रतिव्यक्ति आयमा कति वृद्धि भयो, वस्तु तथा सेवाको कुल उत्पादन कति भयो भनेर मापन गरिन्छ।

कुनै पनि देशको आर्थिक वृद्धि त्यस देशको शिक्षाको स्तर, स्वास्थ्य सेवाको विस्तार, प्रविधिको विकास, विद्युत्, यातायात र सञ्चारको विस्तार, राजनीतिक स्थिरता आदिमा भर पर्दछ। आर्थिक वृद्धिमा आएको परिवर्तनका प्रभाव छोटो समयमै मुद्रा तथा अन्य एकाइ प्रयोग गरी सजिलै मापन गर्न सकिन्छ। 

आर्थिक वद्धिलाई देश विकासको लागि पर्व अवस्थाका रूपमा पनि लिइन्छ। एम पी. टोडारो (M P. Todaro) र स्टेफेन सी स्मिथ (Stephen C. Smith) का अनुसार आर्थिक वृद्धि भन्नाले अर्थतन्त्रको एक यस्तो दृढ प्रक्रिया हो जसको उत्पादनशील क्षमतामा वृद्धि भई राष्ट्रिय आय र उत्पादनमा वृद्धि हुन्छ। (Economic growth is defined as the steady process by which the productive capacity of the economy is increased over time to bring about rising level of national output and income).ज्याकोब भाइनर (Jacob Viner) का अनुसार “आर्थिक वृद्धि भन्नाले अर्थतन्त्रको आम गरिबी हटाउने मुद्धा हो।(Economic growth is an issue of reduccing mass poverty).


आर्थिक वृद्धिका बिशेषता तथा आयाम


  • आर्थिक विकास अर्थतन्त्रको समग्र सबै पक्षको विकास भएको अवस्था हो,
  • आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ,
  • समावेशी आर्थिक विकासलाई राष्ट्रको मूलभूत लक्ष्य, र विकासको साध्य को रुपमा लिइन्छ,
  • उच्च एवम् दिगो वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन्,
  • यसले राष्ट्रको समग्र सबै पक्षलाई समेटेको हुन्छ,
  • यो राष्ट्रको सबै क्षेत्रको विकास भएको समृद्धिको अवस्था हो,
  • आयको समानुपातिक वितरण हुने र हेरक क्षेत्रको उत्पादन तथा वितरणको पूर्ण विकास भएको अवस्थाले गर्दा यसमा रोजगारी सिर्जनाको ग्यारेन्टी भई गरिबी न्यूनीकरण हुन्छ ।

 Credit: Gorkhapatra and Economics by Sanjaya Gyawali 

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.