नेपालको अन्तरिम संविधान २०६३ (Interim Constitution of Nepal, 2063)
२०४७ सालको संविधानलाई कतिपयले विश्वकै उत्कृष्ट संविधानको रुपमा नाम दिएता पनि यसमा रहेका कतिपय अपरिवर्तनकारी व्यवस्था एवं राजनीतिक दलहरूको असन्तुष्टि र राजा तथा राजनीतिक नेतृत्व बीचको अधिकारको खिचातानीसँगै मुलुकले शान्ति र अमनचयन प्राप्त गर्न सकेन । मुलुकमा हत्या हिंसा बढ्दै जाँदा राजाद्वारा सम्पूर्ण शासन व्यवस्थालाई आफ्नो नियन्त्रणमा लिए। सोही परिवेशमा दोश्रो जनआन्दोलन २०६२/६३ सुरु भई मुलुकमा लोकतन्त्रको पुनर्वहाली भयो । जनआन्दोलन-२ का अग्रणी ७ राजनीतिक दलहरू एवं नेकपा माओवादीबीचको राजनीतिक सहमतीको आधारमा २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ लागू भयो।
प्रमुख विशेषता/प्रावधानहरु (Key Features / Provisions)
- जनआन्दोलन भाग २ को भावना अनुरुप
- सार्वभौमसत्ता र शासकीय शक्ति जनतामा निहित
- धर्म निरपेक्षता
- समावेशिकरण र पूर्ण लोकतन्त्रमा जोड
- राज्यका दायित्वहरू घोषणा गरीएको
- मौलिक हकहरू थप गरिएको
- मानवअधिकार आयोगलाई संवैधानिक हैसियत
- राज्यको अग्रगामि पुनर्संरचनामा जोड
- राष्ट्रिय महत्वका विषयमा जनमत संग्रह गर्न सकिने
- संवैधानिक नियुक्तिमा संसदीय सुनुवाई
- संघीय गणतन्त्रात्मक राज्यको घोषणा
- मन्त्रिपरिषदको सिफारिशमा संकटकाल घोषणा
- २/३ बहुमतले संविधान संशोधन गर्न सकिने प्रावधान
- दलमाथि प्रतिबन्ध लगाउन नपाईने
सबल पक्षहरु (Strengths)
- प्रस्तावनामा नै आधारभूत कुराहरूको प्रत्याभूति
- मौलिक अधिकारको व्यवस्था
- समावेशीकरणलाई अनुसरण गरेको
- संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना
- संविधानसभाको माध्यमबाट नयाँ संविधान निर्माण गर्ने व्यवस्था
- मानव अधिकार आयोग लगायत स्थानीय निकायहरूको स्पष्ट व्यवस्था
- राज्यको दायित्व उल्लेख गरिएको
दुर्बल पक्षहरु (Weak sides)
- राजनीतिक सहमतिको आधारमा बारम्बार संशोधन (१२ पटक)
- मौलिक हकको प्रचलनमा “कानूनद्वारा” भन्ने उल्लेख तर कानून बन्न ढिलाई हुँदा त्यस्ता कतिपय मौलिक हकको वास्तविक कार्यान्वयन हुन नसकेको
- संवैधानिक समितिको सिफारिशमा नियुक्ति हुने व्यक्तिले संसदिय सुनुवाईको चरण पार गर्नुपर्ने व्यवस्थाले स्वतन्त्र न्यायपालिकाको बर्खिलाप गरेको
- स-साना विषयहरू समेत संविधानमा उल्लेख गरिएको
No comments:
Please do not enter any spam link in the comment box