अर्थशास्त्र र सार्वजनिक नीतिमा यसको प्रभाव
१८ औ शताब्दिमा अर्थशास्त्रलाइ पोलिटिकल इकोनोमी भनेर भन्ने गरेको पाइन्छ। त्यो बेला अर्थशास्त्रको मुख्य उदेश्य भनेकै सार्वजनिक नीति निर्माणमा सहयोग गर्नु र नीति निर्मातालाई गाइड गर्नु रहेको र सोहि कारणले अर्थशास्त्र लाइ पोलिटिकल इकोनोमी भनेर चिनिने भन्ने कुरा उल्लेख गरेको पाइन्छ। राज्य अथवा सरकारले मानेपनि अथवा नमानेपानी अर्थशास्त्रीहरु आफुले सहि नीतिलाइ वकालत र प्रोत्साहन तथा गलत नीतिलाइ दुरुत्साहन गर्नुपर्छ भन्ने ठान्थे र उनीहरुले सोहि अनुरुप नीति निर्माणमा सहयोग पुर्र्याउने काम गर्दथे।
एडम स्मिथ भन्दा पहिला पनि बिभिन्न आर्थिक विचारधारा र धारणाहरु प्रयाप्त रुपमा रहेको पाइञ्छ। परापुर्व काल हुदै मध्यम युग देखि १८ औ शाताब्दी आउन्जेल स्मिथ भन्दा पहिलेका बिभिन्न दार्शनिक तथा बिद्वानहरुले आफ्नो दर्शनहरु र सिद्दान्तहरुमा अर्थशास्त्र सम्बन्धि बिभिन्न धारणा र बिचारहरु व्यक्त गरेको पाइन्छ। तर पनि सन् १७७६ अगाडी अर्थशास्त्रलाई अरु सामजिक बिज्ञानहरुकै हिस्साको रुमपा लिने गरेको पाइन्छ। त्यसकारण एडम स्मिथको आर्थिक विचारधारा र उनको सिद्दान्तहरुलाइ अर्थशास्त्रको शक्तिशाली र प्रभावशाली धारणा मानिन्छ। उनले दिएका कतिपय धारणाहरु अहिले पनि उत्तिकै महत्वका साथ् लागु भैरहेको देख्न सकिन्छ।
विश्व आर्थिक तथा राजनैतिक इतिहास हेर्दा एडम स्मिथको युगान्तकारी शास्त्रीय देन भन्दा करिव २५० वर्ष पहिला युरोपमा एउटा आर्थिक तथा राजनीतिक बिचारले करिब २०० वर्ष भन्दा बढी प्रभावशाली तवरले सार्वजनिक नीति निर्माणमा प्रभाव पारेको र सबै देश तथा राज्यहरुले सोहि अनुरुप आफ्नो नीति निर्माण गरेको इतिहास सजिलै देख्न सकिन्छ। सो आर्थिक बिचारलाई वणिकवाद भनेर चिनिन्छ।
सन् १५०० देखि करिब २५० वर्ष जति वणिकवाद विचारधाराले युरोपियन राज्यहरुको सार्वजनिक नीतिमा पूर्णरुपमा वर्चस्व कायम गरेको पाइन्छ। वणिकवाद को मुख्य धारणा राज्यलाई बलियो र आफैमा सम्पन्न साली बनाउनु पर्छ र त्यसको लागि राज्यले नाफासहिताको वैदेशिक ब्यापार गर्नु पर्ने, निर्यात बढाएर आयात सकेसम्म कम गर्ने, बहुमुल्य धातुहरु (सुन चादी ) जम्मा गर्ने र सोको व्यवस्थापनको लागि राज्यले नीति तथा नियमहरु निर्माण गरेर आफ्नो बलियो उपस्थिति देखाउनु आवश्यक पर्ने रहेको थियो। आर्थिक बृद्दी र समुन्नतिको लागि राज्य नियन्त्रित नाफामुखी अन्तरास्ट्रिय व्यापार उनीहरुको मुख्य नीति रहेको थियो।
वणिकवाद संगसंगै सन् १७५० तिर फ्रान्समा एउटा संगठित आर्थिक विचारधारा व्युत्पत्ति भएको पाइन्छ र त्यसलाई फिजियोक्रेसी भनेर चिनिन्छ। यो व्यक्तिहरुको संगठित समुह थियो र जसले वणिकवाद ले अपहेलाना गरेको कृषि क्षेत्रलाइ उत्पादन र धनको मुख्य साधन रहेको र सरकारले आर्थिक क्रियाकलाप तथा नीति नियमहरु निर्माणमा आफ्नो भूमिका सकेसम्म कम गरेर कृषि क्षेत्र लाइ बढावा दिनुपर्ने खालको नीति दिएको थियो। यसलाई आर्थिक विचारधाराको पहिलो संगठित, व्यवस्थित र बौद्दिक स्कुल पनि मानिन्छ।
युरोपि मुलुकहरुको सार्वजनिक नीतिमा यसको प्रभाव करिब २५ देखि ३० वर्ष सम्म रहेको पाइन्छ। १७७६ मा एडम स्मिथको आवगन संगै फिजियोक्रेसी को बिलय भएको थियो।
शास्त्रीय
अर्थशास्त्र र सार्वजनिक नीति
सन् १७७६ मा The Wealth of Nations प्रकासित भएसंगै अर्थशास्त्र को प्रभावसाली परिचय र सार्वजनिक नीति निर्माणमा अर्थशास्त्रको प्रभावसाली भूमिका बढ्दै गएको मानिन्छ। त्यसकारण, एडम स्मिथको अर्थशास्त्रको परिभाषा संगै अर्थव्यवस्था र जनताको दैनिक जीवनमा अर्थशास्त्रको भूमिका र उपयोगिता बढ्दै गयो र सोहि बेला देखि नै अर्थशास्त्रलाई मानव जीवनमा गहिरो प्रभाव पार्ने सबैभन्दा महत्त्वपूर्ण विषयहरु मध्येमा लिन थालिएको हो। उनको सोहि युगान्तकारी कामले गर्दा एडम स्मिथ को नाम सदाबहार प्रसिद्द व्यक्तित्वहरुमा रहिरहेको छ र रहिरहने छ।
स्मिथ र उनका अनुयायीहरुले प्रतिपादन गरेका सिद्दान्तहरुलाइ त्यसपछिका अर्थशास्त्रीहरुले शास्त्रीय आर्थिक सिद्दान्त भनेर नामाकरण गरे भने स्मिथालाई शास्त्रीय आर्थिक विचारधाराको चिन्तक को नाम दिए। त्यसैले शास्त्रीय अर्थशास्त्र भन्ने बित्तिकै एडम स्मिथ को नाम सधै अग्र स्थानमा आउने गरेको देखिन्छ र उनीसंगै उनका अनुयायीहरु जस्तै रिकार्डो, माल्थस, से, फिसर, आदिलाई शास्त्रीय अर्थशास्त्री भनेर चिनिन्छ।
एडम स्मिथले प्रतिपादन गरेका अर्थशास्त्रका सिद्दान्त र सोको परिधिभित्र रहेर एडम स्मिथ्लाई आफ्नो चिन्तक अथवा नेता मान्ने उनका अनुयायीहरु एवम त्यो बेलाका प्रसिद्द अर्थशास्त्रीहरुले आर्थिक प्रणाली र उक्त प्रणाली भित्रका आर्थिक एजेन्टहरुले कसरि आर्थिक प्रणालीमा भाग लिन्छन र समग्र आर्थिक प्रणाली एवम समग्र अर्थतन्त्र कसरि चलायमान हुन्छ भनेर बैज्ञानिक तवरमा चित्रण गर्दै बिभिन्न प्रभावसाली सिद्दान्तहरु प्रतिपादन गरेका थिए।
त्यो बेलाका आर्थिक समस्या र मुद्दाहरुलाई बैज्ञानिक तरिकाले समाधान गराएर उनीहरुले अर्थशास्त्रलाई बिशिस्ट र अपरिहार्य बिषयको रुमपा चिनाए। उनीहरुले बस्तुको उत्पादन लागत, बस्तुको मुल्य, आर्थिक बृद्दी, पुजी निर्माण आदिजस्ता आर्थिक बिषयहरु संग सम्बन्धित सिद्दान्तहरु प्रतिपादन गरे। उनीहरुले समग्र अर्थतन्त्रको काम र चलायमानता बारे अध्यायन गरेका थिए र रास्ट्रिय धन , उत्पादन लागत, मुल्यको बैज्ञानिक अवधारणा आदिलाई मुख्य केन्द्रबिन्दु बनाए।
शास्त्रीय अर्थाशात्रिका सिद्दान्तहरुलाइ त्यसपछिका अर्थशास्त्री जस्तै कार्ल मार्क्स आदिले बिस्तार र परिमार्जन गरेर बढी वास्तविक बनाएपनि पहिलोपटक बैज्ञानिक तरिकाले अवधारणा र परिभाषा भने एडम स्मिथ र उनका अनुयायीहरुले दिएका थिए। त्यसकारण अर्थशास्त्रको समग्र बिकास र विस्तारमा शास्त्रीय अर्थशास्त्रीहरुको देन कहिले बिर्सिन नसकिने रहेको छ।
सन् १७७६ मा एडम स्मिथको प्रसिद्द पुस्तक प्रकाशनमा आए संगै उनका आर्थिक सिद्दान्त र अवधारणाहरु ब्यापक रुपमा लागु हुन् थाले र सार्वजनिक नीति निर्माणमा पनि ब्यापक भूमिका खेल्न थाले। त्यो बखतमा औधोगीकरण तिर लम्किरहेका र आर्थिक समुन्नति हासिल गरिरहेका सबै देशहरुको नीति निर्माणमा स्मिथको आर्थिक विचारधाराको पूर्ण प्रभाव रहेको थियो।
उनीहरुको मुख्य धारणा खुला अर्थथतन्त्र हुनु पर्ने र सरकारले अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप हरुमा कुनै पनि नियन्त्रण र निगरानी राख्न नहुने भन्ने थियो। उनीहरुका अनुसार अर्थतन्त्रका बिभिन्न एकाइहरु अथवा अर्थतन्त्रका एजेन्टहरु आफ्नो उद्देश्य तथा उत्प्रेरणाले निर्देशित हुने भएकाले सरकारले उनीहरुको आर्थिक क्रियाकलाप तथा आर्थिक सम्बन्धहरूमा कुनै पनि नीति, नियम बनाएर हस्तक्षेप गर्न नहुने, र बजारको क्षमता र प्राकृतिक नियमको कारण समग्र अर्थतन्त्र आफै स्वोतः सन्तुलित हुने गर्दछ । एडम स्मिथले खुला बजारको कार्य पद्दति लाइ अदृश्य हात को नाम दिएका थिए।
त्यसकारण शास्त्रीय अर्थशास्त्रीहरुका अनुसार आर्थिक बृद्दी गर्न र रास्ट्रिय धन बढाउन सरकारले लगानी मैत्री वातावरण रचंना गरेर सहज कानुन बनाइदिनु पर्ने र सम्पूर्ण आर्थिक क्रियाकलापहरुलाई बजारको जिम्मामा छोड्नु पर्ने कुरा मुख्य नीति रहन्छ।
No comments:
Please do not enter any spam link in the comment box