Ads Top

Economic history/अर्थशास्त्र को ऐतिहासिक दृष्टिकोण


अर्थशास्त्रको ऐतिहासिक दृष्टिकोण (Historical View on Economics)

'अर्थशास्त्र' भन्ने शब्दको उत्पत्ति ग्रीक शब्द 'ओइकोनोमिकोस' बाट भएको मानिन्छ, जुन दुई शब्द 'ओइकोस 'नोमोस्मिलेर बनेको छ  यी सब्दाहरुको अर्थ क्रमसः घर  व्यवस्थापन हुन्छ। त्यसैले अर्थशास्त्रलाइ घरको व्यवस्थापन वा घरेलु मामिलाको व्यवस्थापन हो पनि भन्ने गरिन्छ। घरेलु व्यवस्थापन भनेको परिवारको सीमित आम्दानी भित्र परिवारका सदस्यहरूको असीमित चाहनाको प्रबन्ध गर्नु हो।


historical view on economics, history of economics

प्राचिन समयका विद्वान दार्शनिक जेनोफोनले पनि अर्थशास्त्रलाई गृह विज्ञानको रूपमा परिभाषित गरेका छन्। अर्का  ग्रीस दार्शनिक अरस्तुले अर्थशास्त्रलाई शुद्ध अर्थशास्त्र पूर्तिको विज्ञान गरि दुई भागमा विभाजन गरेका थिए। त्यस्तैगरी भारतीय दार्शनिक कौटिल्यले अर्थशास्त्रलाई राज्य-शासनको विज्ञानको रूपमा परिभाषित गरेका छन्।
सीमान्त विश्लेषण/ Marginal Analysis

मध्य युगमा अर्थशास्त्र नैतिक विज्ञानको पर्यायवाची हुन आयो। तब दार्शनिकहरू अर्थशास्त्रलाई ईश्वरको आदेश पालन गरेर आफ्ना पापहरू मुक्त गर्ने माध्यमको रूपमा हेर्दथे। आर्थिक चिन्तनको विकासको क्रममा वाणिज्यबाद अथवा व्यापारमुखी युग शुरु भयो। 

सो युगमा पैसा भनेको धन हो, सुन चाँदीको संचयलाई समृद्धिको मूल कुरोका रूपमा लिएको थियो, कसैको फाइदा अर्कोको घाटा हो भनेर बुझिन्थ्यो। अधिक सुन बढी धनी अधिक धनि बढी शक्ति उनिहरूको घोषित नारा थियो। किनभने यदि एउटा देशसँग अर्कोदेश भन्दा बढी सुन भने, उक्त देशलाई राम्रो शक्तिशाली ठहर गरिन्थ्यो। 

त्यसकारण कुनैपनि एक मजबूत शक्तिशाली राज्य हुन सुन संकलन गर्नु अपरिहार्य थियो। वाणिज्यबाद को  युग पछि, प्रक्रितिबाद को सोच सुरु भयो  सो अनुसार  प्राकृतिक समृद्धि द्वारा आर्थिक समृद्धि सम्भव छ भन्ने कुरामा जोड दिइयो। त्यसपछि ,उनीहरूले कृषिको महत्त्वमा ध्यान केन्द्रित गरे किनकि उनीहरूले सोचे कि कृषि एक मात्र माध्यम हो जसबाट वास्तविक उपयोगी उत्पादनहरू उत्पादन गर्न सकिन्छ। उनीहरूका लागि कृषि एकमात्र तरीका हो जसले राष्ट्रिय आयको बृद्धिमा मद्दत गर्दछ।

यस प्रकार मानव सभ्यता मानव विकासको क्रमसंगै, बिभिन्न बिचार, स्कूल सम्बन्धित विद्वानहरू देखिए। अठारौं शताब्दीका अर्थशास्त्रीहरू ले यसलाई एक नयाँ सामाजिक विज्ञानको रूपमा हेरे। एडम स्मिथले सन् १७७६ मा प्रसिद्ध पुस्तक 'वेल्थ अफ नेसन्स' प्रकासन गरे संगै अर्थशास्त्रले स्वतन्त्र ठाउँ  विकसित बिज्ञान को रुपमा आफ्नो परिचय प्राप्त गर्यो। त्यसकारण, एडम स्मिथ अर्थशास्त्रको संस्थापकको रूपमा लोकप्रिय छन। 

उहाँ भन्दा पहिले अर्थशास्त्रले नैतिक विज्ञान, पद्धति राजनीति विज्ञानको अंशको रूपमा काम गर्यो। एक स्वतन्त्र बिसायाको रूपमा, त्यसपस्चात अर्थशास्त्र मा विभिन्न विचारहरु देखा पर्दै आए। 

No comments:

Please do not enter any spam link in the comment box

Powered by Blogger.