आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (First Quarterly Review of Monetary Policy for the Fiscal Year 2077/78)
नेपाल राष्ट्र बैंकले २०७७ मंसिर १८ गते, मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि भई रु. ४०२७ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ३.० प्रतिशतले मात्रै वृद्धि भएको थियो । त्यस अवधिमा रु. ३३३१ अर्ब ५७ करोड निक्षेप पुगेको थियो।
आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा ४.० प्रतिशतले वृद्धि भई रु. ३३३९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेर रु. २९८८ अर्ब ७६ करोड पुगेको थियो । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीे २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७७ असोजमा रु. ३५२ अर्ब ७० करोड पुगेको छ।
त्यसैगरी, यस अवधिमा पुँजीकोष रु. ५२१ अर्ब ७० करोडबाट वृद्धि भई रु. ५८४ अर्ब ८१ करोड पुगेको छ । २०७७ असोज मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १४ प्रतिशत, विकास बैंकहरुको १३.५ प्रतिशत र वित्त कम्पनीहरुको १९.४ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १४ प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।
[Credit: Nepalipaisa]
यसको पूर्ण पाठ यसप्रकार रहेको छ।
No comments:
Please do not enter any spam link in the comment box