वर्तमान संविधानको राजनीतिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषताहरू (Political, Legal, Economic and Cultural Features of the Current Constitution)
नेपालको संविधान जनताद्वारा चुनिएको संविधान सभाले व्यापक छलफल गरी जनताको चाहनाअनुसार बनेको संविधान हो । यसले नेपाली जनताको अधिकतम हित गर्ने आशा गरिएको छ। यसले जनताका आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी अधिकारहरूको संरक्षण गर्दै देशलाई एक सार्वभौम र समृद्ध राष्ट्रका रूपमा सञ्चालन गर्न अहम् भूमिका खेल्ने छ । यस संविधानका राजनीतिक र कानुनी विशेषताहरू निम्नलिखित छन् ।
राजनीतिक विशेषता (Political Features)
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको
- तीन तहमा राज्यशक्तिको बाँडफाँड गरिएको
- गणतान्त्रिक व्यवस्थाअन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको --कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था
- बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकारको प्रत्याभूत गरिएको
- दलसम्बन्धी व्यवस्था रहेको
- आवधिक निर्वाचनको प्रावधान रहेको
कानुनी विशेषता (Legal Features)
- कानुनी शासनको प्रत्याभूत गरिएको
- कानुन बनाउने अधिकार संसद्मा निहित रहेको
- मौलिक हकको हनन भएमा संवैधानिक उपचारको हकको व्यवस्था रहेको
- न्यापालिकाका रूपमा सङ्घमा सर्वोच्च अदालत, प्रदेशमा उच्च अदालत र जिल्लामा जिल्ला अदालत गरी तीन तहको अदालतको व्यवस्था रहेको
- न्यायसम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने र अदालतले दिएको आदेश वा निर्णयको पालनासम्बन्धी व्यवस्था गरिएको
- संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुने र सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था रहेको
- न्याय परिषद् र महान्यायाधिवक्ताको व्यवस्था रहेको
- स्थानीय स्तरमा न्यायिक समिति रहने व्यवस्था रहेको
आर्थिक विशेषता (Economic Characteristics)
- कानुनमा उल्लेख भएबाहेक कर लगाउन र उठाउन नपाइने गरिएको
- समाजवाद उन्मुख अर्थव्यवस्थाको परिकल्पना गरिएको
- स्रोत साधनको न्यायोचित वितरणको गरिएको
- वित्तीय आयोगको व्यवस्था गरिएको
- बजेट पारित गर्ने अधिकार संसद्लाई रहेको व्यवस्था गरिएको
- रोजगारीको हकको व्यवस्था गरिएको
- वित्तीय सङ्घीयताको प्रावधान रहेको
- नेपालमा एक महालेखा परीक्षक व्यवस्था गरिएको
सांस्कृतिक विशेषता (Cultural Characteristics)
- नेपालको संविधानमा धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको व्यवस्था रहेको
- धार्मिक सांस्कृतिक सहिष्णुतामा जोड दिइएको
- अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो काम कानुनअनुसार दण्डनीय हुने प्रावधान रहेको
- धर्म, परम्परा र संस्कृतिको आधारमा भेदभाव र शोषण गर्न नपाइने व्यवस्था रहेको --राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य निर्धारण गरिएको
- राष्ट्रिय तथा मातृभाषाको संवर्धनका लागि भाषा आयोगको गठन गरिएको
- आफ्नो भाषा लिपि र संस्कृतिको संरक्षण तथा संरक्षकसम्बन्धी मौलिक हकको व्यवस्था रहेको।
Credit: Sanjay Gyawali
No comments:
Please do not enter any spam link in the comment box